कोरोना त्रासले ५४ हजार कैदी रिहा


 


इरान, फागुन २१

कोरोनाभाइरसको संक्रमण हुने त्रास बढेपछि इरानले ५४ हजार कैदीलाई रिहा गरेको छ।
तर उनीहरुलाई अस्थायी रुपमा मात्र रिहा गरेको इरान सरकारले बताएको छ।
भीड र समूहमा कोरोनाको संक्रमण चाँडै फैलने भएपछि कोरोनाभाइरसको संक्रमण रोक्नका लागि इरानले कैदीलाई अस्थायी रुपमा रिहा गरेको इरानका न्यायपालिकाका प्रवक्ता घोलमहुैन इस्माइलीले बताएका छन्।

जमानतमा उनीहरुलाई छाडिएको छ। पछि फेरि उनीहरुले अदालतले तोकेको आदेशअनुसार सजाय भोग्नुपर्नेछ।

इरान कोरोनाभाइरसबाट ग्रस्त मूलुकमध्ये एक प्रमुख राष्ट्र हो। त्यहाँ चीनपछि धेरै मानिस संक्रमणपछि मरेका छन्।

इरानमा हालसम्म २३ सय जनामा कोरोनाको संक्रमण देखिएको छ। त्यहाँ ७७ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: २१ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्