ट्रम्प र तालिबान राजनीतिक प्रमुखबीच ‘सौहार्द्रपूर्ण वार्ता’



काठमाडौं, फागुन २२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगान शान्ति प्रक्रियाका सम्बन्धमा तालिबानका राजनीतिक प्रमुखसँग निकै ‘सौहाद्र्रपूर्ण’ वार्ता भएको घोषणा गरेका छन् । अफगानिस्तानमा केही दिनदेखि हिंसात्मक भिडन्तहरू रोकिए पनि पछिल्लो पटक हिंसाका घटनामा वृद्धि भएसँगै टेलिफोन वार्ता भएको हो ।

ट्रम्प र तालिबानका राजनीतिक प्रमुख मुल्लाह बरादरबीच अप्रत्यासित फोनवार्ताका बारेमा तालिबानले नै सबैभन्दा पहिलो समाचार सार्वजनिक गरेको थियो । यो फोनवार्ता करिब ३५ मिनेट भएको एएफपीले जनाएको छ ।

तालिबानसँग कुरा भएको बारेमा वासिङ्टनमा आयोजित पत्रकार भेटघाटमा राष्ट्रपति ट्रम्पले पुष्टी गरेका थिए । विगतमा पनि फोनमा कुराकानी भएको थियो कि भनी सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले आफूले यस बारेमा केही बताउन नसक्ने जानकारी दिए ।

‘तालिबानका नेतासँग आज निकै राम्रो मैत्रीपूर्ण कुराकानी भएको थियो । मुल्लाहसँगको मेरा सम्बन्ध निकै राम्रो छ । हामीले आज लामै कुराकानी गरेका छौँ । उनीहरू (तालिबान समूह) हिंसा रोक्न चाहन्छन् ‘– राष्ट्रपति ट्रम्पको भनाई ।

यद्यपि, गत शनिबार दुवै पक्षबीच युद्धविराम गर्ने र अमेरिकी सेना फिर्ता गर्नेजस्ता विषय समेटिएको सम्झौता गरिए पनि अफगानिस्तानभित्र केही हिंसात्मक झडप भएका छन् । हिंसाका कारण आगामी मार्च १० मा शुरु हुने विद्रोही पक्ष र अमेरिका–समर्थित काबुल सरकारबीचको वार्तामा अन्यौल सिर्जना गरेको छ ।

राष्ट्रपति ट्रम्पले तालिबानसँग भएको शान्ति सम्झौता विगत दुई दशकदेखि जारी हिंसा अन्त्य गर्ने उपायस्वरूप गरिएको बताए । कतिपयले राष्ट्रपतिको आगामी नोभेम्बरमा हुन लागेको चुनावका अघिल्तिर यस्तो सम्झौता गरिएको र त्यसबाट राष्ट्रपतिलाई चुनावमा फाइदा पुग्ने अनुमान गरेका छन् ।

सम्झौताबमोजिम तालिबानले सुरक्षा प्रत्याभूति दिएको अवस्थामा १४ महिनाभित्र अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुनेछ । साथै अफगान सरकारले जेलमा रहेका पाँच हजार तालिबानी लडाकूलाई मुक्त गर्नेछ भने तालिबानको कब्जामा रहेका एक हजार सैनिक मुक्त हुनेछन् । तर अफगान राष्ट्रपति असरफ घानीले अफगानिस्तानमा रहेका कैदीबन्दीको विषय अफगान सरकारको अधिकार क्षेत्रभित्रको भन्दै कैदी मुक्त गर्न कठिन हुने अभिव्यक्ति दिएका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगान शान्ति प्रक्रियाका सम्बन्धमा तालिबानका राजनीतिक प्रमुखसँग निकै ‘सौहाद्र्रपूर्ण’ वार्ता भएको घोषणा गरेका छन् । अफगानिस्तानमा केही दिनदेखि हिंसात्मक भिडन्तहरू रोकिए पनि पछिल्लो पटक हिंसाका घटनामा वृद्धि भएसँगै टेलिफोन वार्ता भएको हो ।

ट्रम्प र तालिबानका राजनीतिक प्रमुख मुल्लाह बरादरबीच अप्रत्यासित फोनवार्ताका बारेमा तालिबानले नै सबैभन्दा पहिलो समाचार सार्वजनिक गरेको थियो । यो फोनवार्ता करिब ३५ मिनेट भएको एएफपीले जनाएको छ ।

तालिबानसँग कुरा भएको बारेमा वासिङ्टनमा आयोजित पत्रकार भेटघाटमा राष्ट्रपति ट्रम्पले पुष्टी गरेका थिए । विगतमा पनि फोनमा कुराकानी भएको थियो कि भनी सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले आफूले यस बारेमा केही बताउन नसक्ने जानकारी दिए ।

‘तालिबानका नेतासँग आज निकै राम्रो मैत्रीपूर्ण कुराकानी भएको थियो । मुल्लाहसँगको मेरा सम्बन्ध निकै राम्रो छ । हामीले आज लामै कुराकानी गरेका छौँ । उनीहरू (तालिबान समूह) हिंसा रोक्न चाहन्छन् ‘– राष्ट्रपति ट्रम्पको भनाई ।

यद्यपि, गत शनिबार दुवै पक्षबीच युद्धविराम गर्ने र अमेरिकी सेना फिर्ता गर्नेजस्ता विषय समेटिएको सम्झौता गरिए पनि अफगानिस्तानभित्र केही हिंसात्मक झडप भएका छन् । हिंसाका कारण आगामी मार्च १० मा शुरु हुने विद्रोही पक्ष र अमेरिका–समर्थित काबुल सरकारबीचको वार्तामा अन्यौल सिर्जना गरेको छ ।

राष्ट्रपति ट्रम्पले तालिबानसँग भएको शान्ति सम्झौता विगत दुई दशकदेखि जारी हिंसा अन्त्य गर्ने उपायस्वरूप गरिएको बताए । कतिपयले राष्ट्रपतिको आगामी नोभेम्बरमा हुन लागेको चुनावका अघिल्तिर यस्तो सम्झौता गरिएको र त्यसबाट राष्ट्रपतिलाई चुनावमा फाइदा पुग्ने अनुमान गरेका छन् ।

सम्झौताबमोजिम तालिबानले सुरक्षा प्रत्याभूति दिएको अवस्थामा १४ महिनाभित्र अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुनेछ । साथै अफगान सरकारले जेलमा रहेका पाँच हजार तालिबानी लडाकूलाई मुक्त गर्नेछ भने तालिबानको कब्जामा रहेका एक हजार सैनिक मुक्त हुनेछन् । तर अफगान राष्ट्रपति असरफ घानीले अफगानिस्तानमा रहेका कैदीबन्दीको विषय अफगान सरकारको अधिकार क्षेत्रभित्रको भन्दै कैदी मुक्त गर्न कठिन हुने अभिव्यक्ति दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News