दिपिकाको कामुक तस्बिरको चर्चा


 


मुम्बई, फागुन २५

बलिउड अभिनेत्री दीपिका पादुकोण कुनै पनि फिल्म खेल्नको निकै लामो समय पर्खिने गर्छिन् ।
उनको फिल्महरुबीच लामो अन्तराल हुनेगर्छ । तर उनी सामाजिक सञ्जालमा छाइरहन्छिन् ।

उनी सामाजिक सञ्जालमा निकै सक्रिय पनि छिन् । आफ्ना विभिन्न तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गर्ने गर्छिन् ।

विवाहपछि उनले बोल्ड तस्बिर सामाजिक सञ्जालमा राख्न कम गरेकी थिइन् । उनको यो पछिल्लो फोटोपछि उनका प्रशंसकहरुले उनलाई विवाह पछिकै सबैभन्दा हट तस्बिर भएको प्रतिक्रिया समेत दिएका छन् ।

दीपिकाले उक्त फोटोशूटको लागि गराएकी हुन् । तस्बिरमा दीपिका समुन्द्री किनारमा निकै हट देखिएकी छन् । दीपिकाको उक्त तस्बिरमा उनका प्रशंसकहरुले मन पराएका छन् ।

पछिल्लो समय छपाकमा देखिएकी दीपिकाको फिल्ममा खासै राम्रो व्यापार गरेको थिएन । उनी छिट्टै रणवीर सिंहसँग फिल्ममा देखिनेछिन् ।

प्रकाशित मिति: २५ फाल्गुन २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्