नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक


 


काठमाडौं, फागुन २६
चीनबाट सुरु भइ विश्वभर फैलिरहेकाे नाेबेल कोरोना भाइरस (कोभिड–१९) प्रति सतर्कता अपनाउँदै कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ।

कतारकाे द गभरमेन्ट कम्युनिकेसन अफिस (जीसिओ)का अनुसार नेपालसहित चीन, भारत, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया, इजिप्ट, इरान, इराक, लेवनान र थाइल्यान्डका नागरिकलाई अल्पकालीन रुपमा कतार प्रवेशमा रोक लगाइएकाे छ। कोरोना भाइरसलाई विश्वव्यापी रुपमा फैलनबाट रोक्ने उद्देश्यसहित उक्त निर्णय लिइएको जनाइएकाे छ। यी देशका यात्रुमाथि कतारले अस्थायी रुपमा प्रवेशमा रोक लगाएको हाे ।

यो निर्णय कामदार र पर्यटक दुबैका लागि लागू हुने जिसिओले आइतबार जारी गरेको वक्तव्यमा भनिएकाे छ। कतार एयरवेजले यसअघि नै इटालीका लागि सबै उडानबन्द गरिसकेको छ ।

सोमबार बिहानसम्म कतारमा १५ जनामा संक्रमण पुष्टिभएको छ । यसकाे संक्रमणबाट हालसम्म मृत्यु भने भएको छैन। कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयले ३ जना आप्रवासी कामदारलाई पनि कोभिड–१९ को संक्रमण भएको पुष्टि गरेको छ । तर ती कुन देशका नागरिक हुन् भन्नेबारेकेही जानकारी दिइएको छैन । कतारमा झन्डै चार लाख नेपाली कार्यरत छन्। कतारमा झन्डै भन्दा सयभन्दा बढी मुलुकका कामदार छन्।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ अहिले विश्वका १०० भन्दा देशमा फैलिइसकेको छ । सोमबार बिहानसम्म कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय २८ जनाको मृत्यु भएको छभने एक लाख १० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । करिब ६२ हजार भने निको भएका छन् ।

अमेरिकामा कोरोना संक्रमितहरुको संख्या बढ्ने क्रम सुरुभएपछि केह्री राज्यहरुमा आपतकाल घोषणा गरिएको छ । खाडी मुलुकहरु मध्ये कुवेत, बहराइन, मलेसिया, यूएईमा पनि कोरोनाको संक्रमण देखिएको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा तीव्र रुपमा बिस्तार भएको र जोखिमको अवस्था उच्च बनेको विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । कोभिड–१९ को प्रभाव तथा जोखिमको अवस्था उच्च तहमा पुगेको डब्लुएचओको भनाई छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम अति उच्च रहेको भन्दै डब्लुएचओले सतर्क रहन आग्रह गरेको छ । डब्लुएचओका प्रमुख डा। टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् ।

प्रकाशित मिति: २६ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्