सालीसँग विवाह गर्न पत्नीको हत्या, खुल्यो यस्तो रहस्य


 


एजेन्सी– भारतमा एक व्यापारी आसिफले सालीसँग विवाह गर्न श्रीमतीको हत्या गर्ने गिरोहलाई दुई लाख रुपैयाँ दिएको खुुलासा भएको छ । घटना केही दिनअघिको हो ।

यी व्यापारीले श्रीमतीको हत्या गर्न दुई पटक आफैंले खानामा विष मिलाएको पनि बताएका छन् । तर, सफल नभएपछि सुपारी दिएको बताएका छन् । 

उनले यसको कारण चाहिँ आफ्नो र सालीको प्रेम भएको बताएका छन् । ती व्यापारीले आफूले सालीसँग विवाह गर्न चाहेको तर पत्नी त्यसमा बाधक भएको पनि बताएका छन् ।

तीन वर्षदेखि पत्नीसँग सम्बन्ध राम्रो नभएको र सालीलाई नै विवाह गर्ने योजना उनले बनाएको प्रहरीलाई बताएका छन् । 

प्रकाशित मिति: २६ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्