नेपाली चेली प्रतिष्ठा राउत ‘मिस युनिभर्स २०२० ग्रेट ब्रिटेन’को फाइनलमा




काठमाडौं, फागुन २८
नेपाली मूलकी प्रतिष्ठा राउत ‘मिस युनिभर्स २०२० ग्रेट ब्रिटेन’ को फाइनलमा पुगेकी छिन् ।

मिस इंग्ल्यान्ड २०१९ सेकेन्ड रनर अप प्रतिष्ठाले आगामी ९ देखि ११ जुलाई २०२० सम्म साउथ वेल्सको न्युपोर्ट र कार्डिफमा हुने प्रतिस्पर्धामा ३० भन्दा बढी सुन्दरीसँग प्रतिस्पर्धा गर्ने छिन् ।

ग्रान्ड फिनाले’ मा जित्नेले मिस युनिभर्स २०२० मा बेलायतबाट प्रतिनिधित्व गर्न पाउने छन् । बेलायत अल्डरसट निवासी २५ वर्षीया प्रतिष्ठा प्लोर प्लान आर्किटेक्ट हुन् । १७ वर्षमै मोडलिङ थालेकी प्रतिष्ठा हङकङमा जन्मिएकी हुन् ।

मिस इंग्ल्यान्ड २०१९ मा भाग लिन करिब २० हजारले आवेदन दिएका थिए । जसबाट छानिने प्रतिष्ठा पहिलो नेपाली मूलकी युवती हुन् । जसमा उनी सेकेन्ड रनर अप बन्न सफल भइन् ।

यसै क्रममा उनले बेलायतमा हालै आयोजित एक प्रतिस्पर्धामा ‘साइनिङ स्टार २०२०’ अवार्ड हात पारेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News