भारतमा कोरोना भाइरसकाे त्रास, मृत्यु हुनेको संख्या २ पुग्यो


 


एजेन्सी, चैत्र १
भारतमा कोरोना भाइरसको त्रास अहिले व्यापक रूपमा फैलिरहेकाे छ। काेराेना भाइरसकै संक्रमणका कारण फेरि १ जनाको मृत्यु भएको छ । शुक्रबार राजधानी नयाँ दिल्लीको पश्चिमी क्षेत्रमा एक ६९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो । योसहित भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगको छ ।

भारतीय स्वास्थ्य मन्त्रालय र समाचार एजेन्सी पिटिआईलाई उदृत गर्दै बीबीसीले भनेको छ, ‘मृत्यु हुने महिला ६९ वर्षकी थिइन् र उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।’ मृतक महिलाका छोरालाई समेत कोरोना भाइरसको संक्रमण भएको बताइएको छ । कोरानाबाट मृत्यु हुने महिला यसअघि मधुमेह र उक्त रक्तचापको बिरामी भएको समेत बताइएको छ ।

कोरोना भाइरसको संक्रमणकै कारण शुक्रबार कर्नाटकको कलबुर्गीमा एक ७६ वर्षीय पुरुषको ज्यान गएको थियो । उनी साउदी अरबबाट भारत आएका थिए । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ८२ जना पुगेको छ ।

प्रकाशित मिति: १ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्