मिटु अभियन्ताविरुद्ध उल्टै मुद्दा !



मुम्बई चैत १ एजेन्सी

हिन्दी फिल्म उद्योगमा ‘मीटू’ अभियान चलाएकी अभिनेत्री तनुश्री दत्तामाथि नाना पाटेकरको एनजीओ नाम फाउन्डेशन ले २५ करोड क्षतिपूर्ती माग गर्दै मुद्दा दायर गरेको छ ।

यसका साथै, बम्बई उच्च अदालतले नाना पाटेकरको नाम र फाउन्डेशनमाथि कुनै पनि प्रकारको आरोप लगाउन नपाउने आदेश दिएको छ । यसअघि तनुश्रीले नाना पाटेकरको एनजीओमाथि पनि विभिन्न आरोप लगाएकी थिइन् ।

रिपोर्टका अनुसार उच्च अदालतमा दायर भएको निवेदनमा नाना पाटेकर र मकरन्द अनासपुरेले २०१५ मा सुरु भएको ‘नाम फाउन्डेशन’ ले सिँचाइको अभावमा गुज्रिरहेका किसानहरुको अवस्था सुधार्नको लागि काम गरिरहेको तर तनुश्रीले २०२० जनवरीमा एक पत्रकार सम्मेलनमा उक्त एनजीओमाथि पनि आरोप लगाएकोले एनजीओको प्रतिष्ठामा आँच आएको उल्लेख गरेका छन् ।

तनुश्रीले सन् २०१८ को अक्टोबर मा ‘हर्न ओके प्लीज’ को फिल्मको शुटिङको क्रममा गलत नियतले छोएको र यौन हिंसा गर्ने कोसिस गरेको आरोप लगाएकी थिइन् । आरोपपछि बलिउड निकै तातेको थियो । त्यसपछि तनुश्री अमेरिका गइन् । उनको आरोप गलत भएको नाना पाटेकरले दाबी गर्दै आएका छन् ।
केही समय अगाडि मात्रै नाना पाटेकरविरुद्ध कुनै ठोस प्रमाण जुटाउन नसकेपछि प्रहरीले उक्त आरोप गलत भएको ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News