अभिनेत्री प्रियंकाले काे सँग गरिन् इन्गेजमेन्ट?



काठमाडौं, चैत २
अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’बाट अभिनयमा डेब्यु गरेकी अभिनेत्री प्रियंका एमभीले इन्गेजमेन्ट गरेकी छन् । उनले प्रेमी सफल अधिकारीसँग इन्गेजमेन्ट गरेकी हुन्।

इन्गेजमेन्ट समारोहमा दुबै पक्षका परिवार सदस्यको मात्र सहभागीता रहेको थियो । सफल पेसाले इन्जिनियर हुन् । प्रियंकाले गत प्रणय दिवसको दिन इन्स्टाग्राम मार्फत आफू सफलको प्रेममा रहेको सार्वजनिक गरेकी थिइन् । इन्गेजमेन्ट पछि प्रियंकाले इन्स्टामा प्रेमीसँगको रोमान्टिक तस्बिर समेत सार्वजनिक गरिरहेकी छन् ।

शनिबार अभिनेत्री आँचल शर्माको बिवाह भोजमा समेत प्रियंका र सफलसँगै देखिएका थिए । प्रियंका र सफलको शुक्रबार इन्गेजमेन्ट भएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News