सामूहिक भेटमा सातै प्रदेश प्रमुखले प्रचण्डलाई सुनाए समस्या



काठमाडौं, चैत २
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सातै प्रदेशका प्रदेश प्रमुखहरुले भेट गरेका छन्।

भेटका अवसरमा प्रदेश प्रमुख कार्यालयमा भएका समस्यालगायत विविध विषयहरुमा कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जनाएकाे छ।

भेटकाे क्रममा प्रचण्डले प्रदेश प्रमुख कार्यालयमा भएका समस्याहरुबारे पार्टी र सरकारमा छलफल गरेर समस्याको हल गर्न प्रयत्न गर्ने बताएका थिए। प्रदेश प्रमुखलाई संघीय सरकारका प्रतिनिधिका रुपमा प्रदेशमा पठाइन्छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News