गङ्गामायाले आमरण अनशन ताेडिन्


 


ganga-maya-adhikari-prachanda

काठमाडौँ,  भदौ२९  विगत छ वर्षदेखि आमरण अनशनमा रहनुभएकी गङ्गामाया अधिकारीले बिहिबार अनशन तोड्नुभएको छ ।

विस २०६१ मा मारिएका आफ्ना छोरा कृष्णप्रसादको हत्यारालाई कारबाहीको माग गर्दै निरन्तर ६ वर्षदेखि अनशनरत गङ्गामायाले अदालतको बयानका लागि अनशन तोड्नुभएको हो ।

गंगामायाका तर्फबाट उक्त मुद्दा हेर्दै आउनुभएका कानुन व्यवसायी तथा मानवअधिकारकर्मी इन्द्र अर्यालका अनुसार यही असोज २ गते चितवन जिल्ला अदालतबाट त्यहाँका प्रशासनिक प्रमुख आफैँ गङ्गामायाको बयान लिन आउने भएपछि आफूहरुको आग्रहमा उहाँले अनशन तोडनुभयो ।

उहाँले भन्नुभयो–‘बयान दिनकै लागि भए पनि बोल्नसक्ने अवस्थामा हुनुपर्ने भएकाले हामीले सास रहे न्याय पाइन्छ भनेर नै उहाँलाई अनशन तोड्न लगाएका हौँ ।’

विसं २०७२ पुस ६ गते सर्वोच्च अदालतले आरोपीमध्येका एक छविलाल पौडेललाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिए पनि सो आदेश कार्यान्वयन भएको थिएन ।

मानवअधिकारकर्मीको निरन्तर दबाबमूलक कार्यक्रमपछि चितवन अदालतका प्रशासनिक प्रमुख आफैँ काठमाडौँ आएर गङ्गामायाको बयान लिन लागेको हो ।

प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्