उत्तर कोरियाले २० ओटा भन्दा बढी परमाणु बम बनाउने दक्षिण कोरियाको दावी


 


north-korea-scub-b-missile-171142812

एजेन्सी । उत्तरकोरियाले यस वर्ष २० भन्दा बढी बम बनाउने दक्षिण कोरियाले दावी गरेको छ ।

दक्षिण कोरियाका विज्ञहरुले उत्तरकोरिया सँग निकै युरेनियम भण्डारण रहेकोले यो वर्ष भित्रै कम्तिमा २० ओटा बम बनाउन सक्ने दावी गरेका छन् ।

उत्तरकोरिया सँग आणविक सामग्री पर्याप्त मात्रामा रहेकोले यो वर्ष विश्व सामुदायका लागि घातक हुनसक्ने हप्किन्स युनिभर्सिटीको वेवसाइटमा लेखेका छन् ।

ह्वाइटहाउसका सल्लाहकार भिक्टर चोलेका अनुसार उत्तरकोरियाले रकेट र ग्यासबाट आक्रमण गरेर कयौं दक्षिण कोरियालीको ज्यान लिने योजना बनाइरहेका र उसले दक्षिण कोरियामाथि एक घण्टामा ५ लाख बम हान्ने तयारीमा रहेको सञ्चारमाध्यमहरुले जनाएको छ ।

प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्