हलिउड अभिनेत्री कोरोना भाइरसबाट संक्रमित



अमेरिका, चैत्र ४
हलिउड अभिनेत्री ओल्गा कर्लेन्को कोरोना भाइरसबाट संक्रमित भएकी छिन । उनले कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि आफू घरमै आइसोलेसनमा रहेको जनाएकी छिन् ।

‘क्वान्टम अफ सोलेस’की नायिका समेत रहेकी उनले आफू कोरोना भाइरसबाट संक्रमित भएको जानकारी इन्स्टाग्राममा दिएकी हुन् । उनले इन्स्टाग्राममा लेखेकी छिन्- ‘कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेपछि म घरमै बसिरहेकी छु, एक हप्तादेखि ज्वरो र थकानले ग्रसित थिएँ, तपाईहरु आफ्नो ख्याल गर्नुहोस् र यसलाई गम्भीरतापूर्वक लिनुहोस् ।’

यी बाहेक हलिउडका दुई दम्पती टम ह्यांक्स र रिता विल्सन, क्यानडियन प्रधानमन्त्री पत्नी सोफी, युनिर्भसल म्युजिकका सिइओ लुसियन ग्रेनगेलाई समेत कोरोना भाइरसको संक्रमण भएको पुष्टिपछि उनीहरु उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News