भारतका यी कलाकार, जो ‘सेल्फ क्वारेन्टाइन’ मा छन्


 


मुम्बई, चैत ५ एजेन्सी

भाररतमा कोरोना भाइरसको कहर लगातार बढिरहेको छ, यस्तोमा मानिसहरु आफूलाई बचाउन हरसम्भव कोसिस गरिरहेका छन् ।

यस्तोमा बलिउडका कलाकारले पनि कोरोनाबाट बचाउनका लागि आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेका छन् । यो सूचीमा अमिताभ बच्चनदेखि थुप्रै कलाकार समावेश छन् ।

अमिताभ बच्चनले ट्वीटरमार्फत् आफू क्वारेन्टाइनमा भएको जानकारी दिए । उनले सोसल मिडियामा बीएमसीको तर्फबाट हातमा लगाइएको स्ट्याम्प पनि पोष्ट गरेका छन् । बीएमसीले क्वारेन्टाइनमा बस्ने मानिसहरुको हातमा स्ट्याम्प लगाइरहेका छन् । यस्तोमा अमिताभ बच्चन केही दिन आइसोलेशनमा बस्नेछन् । अमिताभ अहिले ब्रह्मास्त्रको सुटिङ गरिरहेका थिए, जुन अहिले स्थगित गरिएको छ ।

बलिउड नायिका आलिया भट्ट पनि कोरोना भाइरसबाट बच्नका लागि घरमा नै छिन् । आलियाले एक तस्बिर सेयर गर्दै सेल्फ क्वारेन्टाइन बस्दासमेत फिटनेसको पूर्ण ध्यान राखिरहेको बताएकी छिन् ।

अर्जुन कपुर पनि लामो समयदेखि कोरोना भाइरसका कारण सजगता अपनाइरहेका छन् । उनले इन्स्टाग्राममार्फत् आफू क्वारेन्टाइनमा बसेको जानकारी दिएका छन् ।

योबोहक दिलिप कुमार पनि क्वारेन्टाइनमा बसेका छन् । दिलिप कुमार लामो समयदेखि बिरामी छन् र उमेर धेरै भएका कारण उनले विशेष सजगता अपनाउनुपर्ने हुन्छ ।

प्रकाशित मिति: ५ चैत्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्