अग्निपीडितलाई राहत हस्तान्तरण


 


help

गणेश आले

सउल (दक्षिण कोरिया) जेठ २०

पुर्बी पहाड़ी जिल्ला ताप्लेजुङको तोकमा बजार क्षेत्रमा लागेको भीषण आगलागीबाट पीडित बनेकाहरुलाइ भोजपुर परिवार दक्षिणा कोरियाले राहत रकम प्रदान गरेकाे छ। कोरियामा कार्यरत भोजपुरेहरुको साझा संगठन भोजपुर परिवार दक्षिण कोरियाद्वारा संकलित रु ६९ हजार रकम हस्तांतरण गरिएको हो ।

उक्त रकम जिल्लास्थित जिल्ला दैवी प्रकोप उद्धार तथा राहत कोष ताप्लेजुङलाइ समाजसेवी सुरेश लिम्बु मार्फ़त हस्तांतरण गरिएको हो। सामाजिक सेवामा अग्रणी भूमिका निर्वाह गरिरहेको सस्था भोजपुर परिवार दक्षिण कोरियाले भूकम्प पीडितहरुको लागी पनि राहत संकलन कार्य गरिरहेको छ।

help bill

प्रकाशित मिति: २० जेष्ठ २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्