कोरोना भगाउन भन्‍दै क्रिश्‍चियन पास्टरले डिटोल पिलाइदिएपछि…



केन्या, चैत्र ११
केन्यामा एक क्रिस्चियन पास्टरले चर्चका विश्वासीहरुलाई कोरोना भाइरस रोकथामका लागि भन्दै डिटोल पिलाएको तथ्य सार्वजनिक भएको छ ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण फैलन थालेपछि पास्टर रुफुस फालाले मक्गोदुस्थित एके स्पिरिचुअल चर्चमा आएका विश्वासीहरुलाई घरेलु किटाणु नासक डिटोल पिलाएका हुन् । सोही घटनापछि दक्षिण अफ्रिकामा ५९ जना मानिसको मृत्यु भएको थियो । साथै चारजनाको अवस्था गम्भीर अवस्थामा पुगेको छ । तर मृत्यु भएका ती व्यक्तिहरुलाई नै पास्टरले डिटोल पिलाएको हो वा हैन भन्ने यकिन नभएको रिपोर्टमा उल्लेख छ ।

केन्या टुडेको ‘फ्याक्ट चेक’ पछि हालै सार्वजनिक गरेको रिपोर्ट अनुसार यस्तो घटना बाहिरिएको हो । पास्टर फाला विवादित व्यक्ति समेत हुन् । यसअघि पनि उनले पटक पटक यस्तै गैरकानुनी हर्कत गर्दैआएका छन् । २०१८ मा उनले क्रिश्चियन विश्वासीहरुलाई जिससको रगत भन्दै डिटर्जेन्ट जिक पिलाएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News