उत्तरकोरियाविरुद्ध थप प्रतिबन्धको तयारी


 


अमेरिका, जापान र दक्षिण कोरियाबीच छलफल

सोल (एजेन्सी)भदौ ३१

उत्तर कोरियाको पछिल्लो आणविक परीक्षणका विषयमा अमेरिका, जापान र दक्षिण कोरियाको विदेशमन्त्रीबीच छलफल हुने भएको छ ।संयुक्त राष्ट्रसंघको वार्षिक सम्मेलनका अवसरमा अमेरिकाको न्युयोर्कमा आगामी आइतबारका लागि उत्तर कोरियाको पछिल्लो गतिविधिका बारेमा तीन देशका विदेशमन्त्रीबीचको छलफल तय भएको दक्षिण कोरियाले जनाएको छ ।

बैठक उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउन संयुक्त राष्ट्रसंघलाई दबाब दिने विषयमा केन्द्रित हुने बताइएको छ ।  गतमार्चमा राष्ट्रसंघको थप प्रतिबन्धको बाबजुद पनि उत्तर कोरियाले आणविक परीक्षणको कार्यलाई निरन्तरता दिएपछि ऊमाथि थप कडा प्रतिबन्धको आवश्यकता रहेको अमेरिका, जापान र दक्षिण कोरियाको ठहर रहेको छ ।
उत्तर कोरियाले गत शुक्रबार अहिले सम्मकै शक्तिशाली परमाणु परीक्षण गरेको थियो ।

प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्