कोरोना नियन्त्रणका लागि निजामति कर्मचारी संगठनले पाँच लाख रुपैयाँ सहयोग गर्ने


 


काठमाण्डौ,चैत १५

नेपाल निजामती कर्मचारी संगठनले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा हुनेगरी ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

संगठनले शुक्रबार विज्ञप्ति निकाली यस्तो जानकारी दिएको हो । संगठनले विज्ञप्तिमार्फत उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आवश्यक पर्ने पीपीईको व्यवस्था गरेर मात्र कार्यस्थलमा खटाउन माग गरेको छ ।

त्यसका साथै जनचेतनामूलक कार्यमा लाग्न सरकारले आह्वान गरेमा संगठनका सदस्यहरू तत्पर रहेको पनि जनाएको छ ।

सरकारले गरेको यो लकडाउन मेरो लागि हो भन्ने सम्झी जीवनप्रति खेलबाड नगरी पालना गर्न सम्पूर्ण राष्ट्र सेवक कर्मचारी तथा जनसमुदायहरूमा हार्दिक अपिल समेत संगठनले गरेको छ ।

प्रकाशित मिति: १५ चैत्र २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्