मध्यरातमा कोशीका आन्तरिक मामिला मन्त्रीको निवासमा प्रहरीको छापा
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको सरकारी निवासमा प्रहरीले छापा मारेको छ ।
बिहीबार मध्य राति विराटनगर महानगरपालिका–३ स्थित ल क्याम्पस नजिकैको निवासमा प्रहरी पुगेर छापा मारेको हो ।
मन्त्री निवासमा प्रहरीको टोलीले विभिन्न कोठामा खोजतलास गरेको थियो ।
स्रोतका अनुसार प्रहरी के कारणले मन्त्री निवासमा खानतलासी गरेको भन्ने खुल्न सकेको छैन ।
यद्यपी राति प्रहरी पुग्दा मन्त्री पराजुली भने निवासमा थिएनन् ।
आजको संसद बैठकमा पराजुलीको निवासमा छापा मारिएको विषय उठाउँदै धनकुटाका प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले नयाँ सरकारले किन यस्तो गर्दैछ भन्दै प्रश्न पनि गरेका थिए।
प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार












