गुणस्तर जाँचका लागि कोभिड-किट परिषद्ले गर्न नसक्ने


 


काठमाडौँ, चैत्र २०
चीनबाट खरिद गरेको कोभिड–१९ द्रुत परीक्षण किटको गुणस्तरबारे चौतर्फी प्रश्न उठेपछि सरकारले यसको गुणस्तर परीक्षण गर्न बुधबार स्वास्थ्य अनुसन्धान परिषद्मा पठाएको छ । तर परिषद् भने यसको गुणस्तर जाँच्ने परिषदसंँग यस प्रकारको कुनै क्षमता नभएको स्रोतले बताएको छ।

हालसम्म उक्त किटलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षण गर्ने ७५ हजार किट हालै खरिद गरको थियो। मन्त्रालयले यसको गुणस्तर निर्क्यौल भएपछि मात्र प्रयोगमा ल्याइने बताएको छ।

प्रकाशित मिति: २० चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्