कालापानीको राग अलाप्ने राष्ट्रवादीहरुले जनताका लागि देशको ढोका बन्द गरे



चैत्र २०
राष्ट्र भनेको भूमि मात्र होइन । राष्ट्र भनेको जनता पनि हो । ती जनताले सदियौं लगाएर निर्माण गरेको संस्कृति हो, रहनसहन र भेषभुषा हो । जनताको जस र अपजस सबै राष्ट्रको हुन्छ चाहे ती संसारको जुनसुकै कुनामा किन न बसेका हुन् । त्यहीँ भएर एक नेपालीले बेलायतको गाँउस्तरको चुनाव जित्दा पनि सिंगो नेपालले त्यसको जस लिन्छ । तर कुनै नेपालीले विदेशमा कुकृत्य गर्यो भने हामी सबै नेपाली लज्जित हुन्छौं ।

त्यसैगरी जनताको सुख दुख सबै देशको हुन्छ । त्यहीँ जनता जब विदेशमा खुन पसिना कमाई विदेशी धन राष्ट्रमा भित्रयाउछन्, हामी त्यसबाट कर उठाईं काठमाडौंमा चिल्लो सडकको निर्माण गर्छाै र आलिसन बंगलामा बसेर छिमेकीले कालापानी मिचेको चर्चा गर्छौ । समाजिक सञ्जालमा उर्फन्छौं र कालापानी जित्ने कुरा गरी थाक्दैनौं । तर विडम्बना, कालापानी जितेर हामी गछौं के त? जब हामी त्यहाँका जनतामा विपद् आईपर्दा मुख फर्कादिन्छौं । उनीहरुका लागि मुलुकको ढोका बन्द गरिदिन्छौं ।

हाम्रो काठमाडौंकेन्द्रित राष्ट्रवादले भूमि प्रधान हुन गएको छ । त्यहाँको भूमि चाहिन्छ । त्यस भूमिको दोहन गर्न पाउनु पर्दछ । भूमिलाई देशको नक्सामा पारी देशलाई अझ ठुलो देखाई समाजिक सञ्जालमा पोष्ट गर्ने रहर छ तर त्यहाँको जनतासँग चाँही मतलब छैन । उनीहरु मरुन या जिउन । यो काठमाडौं केन्द्रित राष्ट्रवादीहरुको सरोकारको बिषय नै होइन । विचरा ती सुदरपश्चिमका जनता । तीनलाई दुई छाक टार्न समस्या छ । सुदुरपश्चिममा न त आर्थिक अवसरहरु नै छन् न त कुनै उत्पादनको सम्भावना । त्यसकारण उनीहरु आफ्ना परिवारको लागि जोहो गर्न मजदूरी गर्न सीमापारी जान्छन् । आत्मसम्मानका साथ श्रम गर्छन् र कमाइ गरेर ल्याएर परिवार पाल्छन् । तर पनि गर्वले भन्छन् कि हामी नेपाली हौं ।

आज उनीहरुमाथि विपद् आइपर्दा हामी काठमाडौंकेन्द्रित राष्ट्रवादीले उनीहरुका लागि नाका बन्द गरिदियौं । पुरा विश्व नै कोरोनाको चपेटमा परेका बेला संसारभरी अन्यत्र बसिरहेका सबै मुलुकका जनताहरु आ–आफ्नो घर फर्किन चाहेका छन् । यो चाहना स्वाभाविक हो । आखिर विपद् परेका सबै पुग्न चाहने भनेको उसको थाक थलो नै हो ।

नेपालमै बसिरहेका विदेशी नागरिकहरुलाई उनीहरुको सरकारले उद्धार गरी घर फर्काएका छन् । तर हामीले भने हामी सुरक्षित रहन सकौं भनी सुदुरपश्चिम जनताका लागि मुलुकको नाका बन्द गरिदिएका छौं । वैदेशिक रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँ गएका सुदुपश्चिमका निमुखा जनताहरु आज सिमापारी अलपत्र परेका छन् । सिमापारीको जिल्ला उतराखण्ड प्रान्तको धार्चुलामा सयौं सुदुरपश्चिमेलीहरु आफ्नै देश फर्किन काठमाडौंको निर्णय कुरी बसिरहेका छन् ।

उनीहरु मर्नु परे पनि आफ्नै भुमि मर्न पाउ भनी ईच्छा राख्छन् । तर उनीहरुलाई हामी छिर्न दिन समेत तयार छैनौं । उनीहरु भोखै छन् । आफ्नै मुलुकले वेवास्ता गर्दा क्रोधित पनि छन् । आन्दोलित छन् । काठमाडौंले उनीहरुको वेदना सुन्दैन् । कान थुनेर बस्छ । किन कि काठमाडौंलाई सुदुरपश्चिमको भूमि चाहियो, त्यहाँको जनता होइन् ।

विचार भोकले छटपटिएका ती निमूखाहरु पुनः भारतर्फ नै फर्किन बाध्य हुन पुगे । भारतीय सिमाबर्ती शहर पिथौरागढका अधिकारीहरुले उनीहरुलाई बस्ने खाने व्यवस्था मिलाइदिएका छन् । पिथौरागढको जिल्ला प्रशासन प्रखुख(डीएम) डा.विजय कुमार जोगदंडेले घार्चुला पुगेर उनीहरुलाई आफै खाना बाडेर खुवाएको भारतीय संचारमाध्यमले जनाएको छ ।

कामदारहरु सिमाबर्ती क्षेत्र भित्र घेराबन्दीमा परेपछि त्यस क्षेत्रका डीएम जोगदंड , एडीएम शुक्ला , एसपी प्रिति प्रिर्यदर्शनी पिथौरागढ जौलनजिवि राहत क्याप पुगेको थियो । डिएम आफैले पस्केर खाना खुवाए पछि सबै कामदार खुसी भएका थिए । तर यो खुसी कति दिन ? प्रश्न अब यो उठछ कि के उनीहरु फेरि हामि काठमाडौंकेन्द्रित राष्ट्रवादीको सुरक्षाकवचलाई तोड्ने आँट गर्ला । के क्रोध मिश्रित निराशाले पुनः आफ्नो थाकथलोमा फर्किने तिनको चाहना आउला । यो समयले नै बताउने छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News