दमाई जातिको वास्तविक विद्या ‘नारद विद्या’



समीर परियार
दमाई जातिलाई विशेषगरी ब्राह्मण विद्या पछिको दोस्रो विद्याको स्वरुप मानिन्छ । जुन विद्या हो नारद विद्या
नारद विद्यामा उल्लेखित घटनाहरूलाई दमाई जातिले बाचन शैली र लयबद्ध तरिकाले हरेक धार्मिक ऐतिहासिक मठमन्दिर लगायत अन्य शुभ कार्यहरूमा दमाई जातिहरूले गुनगुनाउने गर्दछन्।

विभिन्न जातजातिका ऐतिहासिक वंशालीको ज्ञान पनि दमाई जातिहरूमा हुने गर्दछ। त्यसैगरी दमाई जातिलाई जन्म व्रतबन्ध विवाह मृत्यु जस्ता कार्यहरूमा पनि महत्त्वपूर्ण छ। देवीदेवताको सेवा गर्ने भक्त पनि मानिन्छ

विशेषगरी पन्चेबाजा नौमती पर्छो बजाएर देवी देवताको सेवा गरेको र शुभकार्यको प्रचारक सरह मानिन्छ । अर्को अर्थमा एउटा ‘टाम्को’ (दमहा) बजायो भने विशेष गरी स्थानीय मौलिक भाषामा (साईबाजो) भनिन्छ । जुन शुभ कार्य र घटनाहरूको प्रतिक संकेत मान्न सकिन्छ।

दमाईहरू (दमाईं जातिका व्यक्तिहरू) नेपालको एक महत्वपूर्ण जातीय समूह हो । जो परम्परागत रूपमा संगीतकला, विशेष गरी पञ्चै बाजा र ढोल झ्याली जस्ता वाद्ययन्त्र बजाउने कार्यमा संलग्न रहँदै आएका छन्। ‘विद्या’ भन्नाले यहाँ दुई अर्थ लाग्न सक्छ:
दमाईं जातिको परम्परागत विद्या भनेको उनीहरूको लोकसंगीत र बाजा बजाउने ज्ञान हो, जुन पुस्तौंपुस्ता हस्तान्तरण हुँदै आएको छ।

मुख्य परम्परागत विद्याहरू :
पञ्चै बाजा बजाउने सीप
शुभकार्य, विवाह र धार्मिक कार्यमा सांगीतिक सेवा प्रदान गर्ने ।
लोकगीत, भजन, र सांस्कृतिक नृत्यमा संगीत दिन सक्ने कला ।
धार्मिक एवं सांस्कृतिक विधिमा अनिवार्य मानिने वाद्ययन्त्रहरू बजाउने परम्परा ।

इतिहासमा दमाईं जातिका व्यक्तिहरूलाई औपचारिक शिक्षा लिन असहज थियो, किनभने जातीय विभेद र सामाजिक बहिष्कारका कारण उनीहरूलाई विद्यालय र अन्य शिक्षण संस्थामा पहुँच कठिन थियो। तर अहिलेको पुस्ताका धेरै दमाईं समुदायका युवा–युवतीले विद्यालयदेखि विश्वविद्यालयसम्मको पढाइ गरिरहेका छन्।

शिक्षक, इन्जिनियर, डाक्टर, वकिल, पत्रकार, राजनीतिज्ञ जस्ता विभिन्न क्षेत्रमा सफल भएका उदाहरणहरू छन्। दलित सचेतना, अधिकारको आन्दोलन र सामाजिक सुधार ले गर्दा दमाईं समुदायको शैक्षिक विकासमा उल्लेखनीय प्रगति भइरहेको
दमाईं जातिका विद्या दुई किसिमका छन् :
परम्परागत लोकसंगीत र सांस्कृतिक सीप
हालसालको औपचारिक शिक्षामा भइरहेको विकास
दमाई जातिमा विशेषगरी नारद विद्या हुने गर्दछ। जुन भागवत रामायण गीता जस्ता हजारौं घटनाहरूको ज्ञान।

राजा रजौटाका पालाका घटनाहरू समावेश गरी कविताका श्लोक जसरी नै गुनगुनाउने गर्दछन् ।जसलाई (हुड्केली/ साएचर) पनि भनिन्छ ।

प्रकाशित मिति: ५ भदौ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्