संक्रमितकी श्रीमती र बच्चा सहित परिवारका ७ जनाको रिपोर्ट नेगिटिभ


 


धनगढी,चैत २३ ।

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार गराईरहेका धनगढी उपमहानगरपालिका– ५ हसनपुरका कोरोना भाइरस संक्रमित युवकका परिवारका श्रीमती सहित ७ जना सदस्यको रिपोर्ट नेगिटिभ आएको छ ।

परिवारका ८ जना सदस्यको थ्रोट स्वाव संकलन गरिएकोमा उनकी ३४ वर्षीया भाउजुको रिपोर्ट पोजिटिभ आएको छ भने अन्य सात जनाको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा। जगदिश जोशीले बताए ।

संक्रमितकी श्रीमती, चार वर्षीया छोरीको रिपोर्ट पनि नेगेटिभ आएको छ । उनका बुवा,आमा, दाजु र भतिजीको रिपोर्ट पनि नेगेटिभ आएको डा। जोशीले बताए ।

त्यस्तै परीक्षणका लागि काठमाण्डौं पठाइएको उनका छिमेकी तथा नजिकका दुई जना नातेदारको थ्रोट स्वावको नमूनाको रिपोर्ट भने आएको छैन ।

प्रकाशित मिति: २३ चैत्र २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्