मुस्लिम समुदायद्वारा कोरोना नियन्त्रणकाे सरकारी निर्देशन उल्लंघन हुँदा नेपाल कति सुरक्षित ?



भनिन्छ आतंकवादको न कुनै जात हुन्छ, न कुनै धर्म । र यहाँनिर यो भन्नु पनि सान्दर्भिक हुन्छ छ कि आतंकवादको कुनै देश पनि हुँदैन् । आतंकवादीहरुले कुनै देशको नागरिक बोक्दैमा त्यस देशलाई माया गर्न थाल्दैन् । आतंकवादीको लागि नागरिकता भनेको विदेशी यात्रा र कानुीन प्रयोगको एउटा साधन मात्र हो । उनीहरु जहाँको भएपनि उनीहरुको मुख्य कार्य सोझा साझा आम जनतालाई आतंकित बनाउनु हो । यो कुरा नेपालको हक पनि उतिकै लागु हुन्छ । नेपाली नागरिकता बोक्दैमा उनीहरुले नेपाललाई माया गर्छन् भनेर बुझ्नु प्रत्युत्पादक हुनजान्छ । उनीहरुले छिमेकीलाई मात्र दुःख देला र हामिलाई शान्तिपुर्ण रुपले बाँच्न देखा भने बुझाई गलत हो ।

सन्दर्भ हो भारतमा कोरोना फैलाउन सक्रिय तबलिगी जमातको । आज ती जमातमा सहभागी नेपालमा यत्र तत्र भेटिदैछन् । विगत केही दिनयताको घटनाक्रमहरुलाई यसप्रकार नियालेर हेरौं ।

१. लकडाउनको उल्लंधन गर्दै दिल्लीमा तबलिगी जमातले एक धार्मिक भेला राख्यो जसमा १९ जना नेपाली नागरिकको सहभागिता पुष्टि भयो । भारतमा देखिएको कुल कोरोना संक्रमितमध्ये ३५ प्रतिशत यहीँ भेलाका सहभागीहरु हुन् ।

२. उक्त भेलामा सहभागी भएका पर्सा निवासी ६६ वर्षीय एक जनामा कोरोना संक्रमणको पुष्टि भयो । उनी भेलाको दुई दिन अघि मात्र हरियाणाको अम्बाला पनि पुगेका थिए ।

३. प्रहरीले वीरगन्जको एक मस्जिदबाट समाजिक दूरीको आग्रहलाई लत्याउदैं बसिरहेका दुई दर्जनभन्दा बढी मुस्लिम धर्मप्रचारकलाई नियन्त्रण लियो । प्रहरीले नियन्त्रणमा लिएका अधिकांश भारतको उत्तर प्रदेश र दिल्लीबाट आएका हुन् ।

४. विरगञ्जको छपकैया र बाराको घुसुकपुर मस्जिद गरी २४ जना मुस्लिम धर्मप्रचारक नारायणी अस्पतालमा ‘स्क्रीनिङ’का लागि आएका थिए । २४ जनामध्ये ३ जनाको रिपोर्ट शंकास्पद देखियो ।

५. भारतको दिल्लीमा कोरोना भाइरस संक्रमण फैलाउन भूमिका खेलेको भनिएको मुस्लिमको धार्मिक सभामा सहभागी भइ नेपाल प्रवेश गरेको आशंकामा पर्साबाट प्रहरीले फेरि ११ जनालाई नियन्त्रणमा लियो । उनीहरु पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ कन्चनपुर गदियानीस्थित मदर्शामा लुकेर बसेका थिए ।

६. ललितपुरको गोदावरीमा इन्डोनेसियाका ११ जना मुस्लिम धर्मप्रचारकहरु बसिरहेको भेटिएपछि स्थानीयले विरोध गरे । उनीहरु लकडाउनको बेलामा सप्तरीबाट काठमाडौं आईपुगेका थिए । उनीहरु सत्परीमा पनि एक धार्मिक भेलामा सहभागी हुनआएका थिए जब कि त्यस भेलामा तेश्रो मुलुकको धर्म प्रचारक सहभागी गराउन गृह मन्त्रालयले रोक लगाएको थियो ।

७. प्रदेश २ सरकारको अनुसार भारतको नयाँ दिल्लीमा भएको मुस्लिमहरुको धार्मिक भेलामा सहभागी भएर प्रदेश २ मा मात्रै २७ जना फर्किएका छन्। नयाँ दिल्लीस्थित निजामुद्दिनमा भएको मुस्लिम समुदायको धार्मिक भेलाबाट २४ जना र स्थान नखुलेको अर्को भेलाबाट तीन जना प्रदेश २ मा आएका हुन् । सो भेलामा सहभागी भएर फर्किएका मध्ये रौतहट जिल्लाबाट १४ र बाराबाट १० जना पहिचान भएको प्रदेश सरकारले जनाएको छ ।

८. महोत्तरी जिल्लामा १५ जना भारतीय मुस्लिमहरु लुकेर बसेको अवस्थामा फेला परे । कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमानाकासमेत बन्द गरेको अवस्थामा १५ किशोर सीमापारिबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेर महोत्तरीको एकडारा गाउँपालिका–५ बहेडा गाउँमा आएर लुकेर बसिरहेको अवस्थामा फेला परे ।

९. मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा रौतहटको परोहा नगरपालिकाअन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भयो । मस्दिजमा एकै ठाँउमा सयाौको सङ्ख्यामा मुस्लिम जम्मा भएर नमाज पढिरहेको सूचनाका आधारमा गएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मुनमुन सिंहउपर मुस्लिम युवाहरुले हातपात भयो ।

उल्लेखित घटनाहरुको विश्लेषण गरौं । कोरोनाको रोकथाम र नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको पिडा सम्पुर्ण नेपाली जनताले भोगिरहँदा नेपाल र भारत सरकार दुबैको आव्हानलाई लत्याउदै केही नेपाली मुस्लिमहरु दिल्लीको धार्मिक भेलामा सहभागी हुनु को कारण के ? साउदी अरेवीया र युनाईटेस अरब इमिरेट्स जस्ता मुस्लिम देशहरुले सबै खाले धार्मिक भेलामा प्रतिबन्ध लगाउन सक्छन् तर नेपाल र भारतमा भने शुक्रबारको साप्ताहिक नवाज पनि समूह मै पढ्नु पर्दछ । समुह नपढनु भन्ने आग्रह गर्दा नेपाल प्रहरी नै कुटिन्छन् ।

सिमानाका बन्द भएको बेला श्रमिक वर्गका नेपाली नागरिक सिमापार जसोतसो दुखसुख गरी दिन काटिरहेका छन् । तर धर्मप्रचारकहरु भने छिर्न पाईरहेको छ । नेपाल सरकारले सप्तरीमा आयोजित इस्तिमा विदेशी धर्मप्रचारक सहभागी नगराउन भन्दा भन्दै समुन्द्र पारिको देश ईन्डोनेसियाका नागरिक समेत त्यस सभामा सहभािग गराईन्छन् । के यो अटेरी होइन् ? नेपाल सरकारको आव्हानको ठाडो उल्लंधन होइन् ?

अब कुरा गरौं, जालिम मुखियाको जसबाट नेपाल–भारत सिमा कोरोना फैलाउन षड्यन्त्र हुनसक्ने भारतीय सुरक्षा निकायहरुको आँकलन छ । मुखियाको पुरानो पृष्ठभूमिबारे उनको जिल्ला पर्साका स्थानीयले राम्ररी बुझदछन् । गत मंसिर १८ गते जालिम मुखिया प्रमुख रहेको पर्साको जगन्नाथपुर गाँउपालिकाकै निवासी रामरत मलाहिनले पत्रकार सम्मेलन गरी मुखियाको ड्राईभर अतिकरिम मियाँमाथि ज्यान मार्ने प्रयास गरेको आरोप लगाएका थियो जसको कुनै छानवीन भएन । तस्करीमा पनि उनको संलग्नताबारे कसैबाट लुकेको बिषय होइन् ।

कोरानोका महामारीको दौरान तबलिगी जमातले धार्मिक भेला गर्नु, राष्ट्रिय आव्हानको उल्लंधन गर्दै त्यसमा नेपाली मुस्लिमहरु सहभागी हुनु र सिमानाकाहरु बन्द हुँदा समेत उनीहरु पुनः नेपाल फर्किनु एउटा संयोग मात्र हुन् सक्दैन् । यो सोची सम्झी बुनिएको योजना जस्तो देखिन्छ । यस्तो अवस्था भारतीय सुरक्षा अधिकारीहरुले जालिम मुखियाँमाथि आशंका व्यक्त गर्नुलाई गम्भीरताको साथ नलिनु नेपालका लागि निकै नै घातक हुनसक्छ । तबलिगी जमातले भारतमा गरेका कोरोना फैलाउन गरेको षडयन्त्रविरुद्ध भारत सरकारले समयमै कदम चाल्यो । त्यसकारण, नेपालमा यस्तो षडयन्त्र हुन्सक्दैन भनी चुप लागेर बस्नु प्रत्युतपादक हुन्सक्छ । यसकारण यस बिषयलाई राष्ट्रवादको बिषयको बनाउनको सट्टा सचेतना र सजगताको विषय बनाउनुपर्दछ किन भने आतंकवादले कुनै पनि राष्ट्रलाई माया गर्दैन् । कसैलाई पनि बाँकी छाड्दैन् ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News