भारतीय सेनाले माग्यो पाकिस्तानी सीमा भित्र गएर आक्रमण गर्ने अनुमति


 


army-at-kashmir-border_0_0_0

एजेन्सी । कश्मिर आक्रमणमा परेर १७ जना आफ्ना सैनिक गुमाएपछि आक्रामक बनेको भारतीय सेनाले पाकिस्तान को सिमा  भित्रै गएर आक्रमण गर्न आफ्नो  सरकारसँग अनुमति मागेको छ ।

कश्मिरको उरीस्थित  भारतीय सेनाको मुख्यालयमा आइतबार आतंकवादी आक्रमणमा परेर १७ जना भारतीय सेनाको ज्यान गएको थियो ।

त्यहि आक्रमणको प्रतिशोद्धस्वरुप भारतीय सेनाले कडा जवाफ दिन सरकारसँग अनुमति मागेको हो ।
भारतीय  सुरक्षा बलले सीमापारि आक्रमण गर्न र पाकिस्तानको सीमा भित्र छिरेर कडा आक्रमण गर्नमा अनुमतिको लागि सरकारले बिचार गर्नुपर्ने  धारणा राखेको छ ।

यो विषयलाई लिएर गृहमन्त्री राजनाथ सिंहले बैठक बोलाएका छन् । बैठकमा रक्षामन्त्री मनोहर पर्रिकर लगायत बीएसएफ र सीआरपीएफ का डीजी, गुप्तचर निकाय रअ , आईबी र राष्ट्रिय सुरक्षा एजेन्सीका प्रमुख पनि उपस्थित थिए ।
यस बैठकले पाकिस्तान विरुद्ध  कडा कारवाही गर्ने  चर्चा गरिएको छ ।

प्रकाशित मिति: ३ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्