भारतमा परमाणु बम हान्ने पाकिस्तानको चेतावनी


 


nuclear-bom-650x366

एजेन्सी । पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले भारतलाई परमाणु बम हान्ने चेतावनी दिएका छन् ।

शनिबार एक अन्तवार्ता दिंदै उनले छिमेकी राष्ट्र भारतले आफ्नो देश पाकिस्तानलाई नोक्सान हुने कोशिस गरिरहेकाले आफुले पनि परमाणु बम हान्ने  बताएका हुन् ।

यदि  आफ्नो राष्ट्रलाई  खतरा भयो वा आफ्नो जमिनमा खास कदम उठाए पछि आफुपनि हतियार प्रयोग गर्नबाट पछि नहट्ने बताएका छन् ।

रक्षामन्त्री आसिफले कश्मिरको समस्या कुराकानी बाटै सामाधान हुनसक्ने र कश्मिर बिनाको कुराकानीमा मतलब पनि नरहेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति: ३ आश्विन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्