रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन




काठमाडौं, वैशाख १९
रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ । गायिका अधिकारीको गएराति ८४ वर्षको उमेरमा निधन भएको हो ।

उनले पहिलोपटक २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन् । रानुदेवीको जन्म १९३६ नोभेम्बर २७ मा वीरगञ्जज भएको थियो । उनको बाल्यकाल भारतको बनारसमा बितेको थियो ।

रानुदेवी कांग्रेस नेतृ नोना कोइरालाकी बहिनीसमेत हुन् । उनले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा रहेर काम गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News