२ वर्षदेखिको प्रेमसम्बन्धलाई विवाहमा बदलिन् नायिक मरिष्का



काठमाडौं, बैशाख २१
नायिका तथा मोडल मरिष्का पोखरेलले २ वर्षको प्रेमसम्बन्धलाई विवाहमा बदलेकी छन्। उनले प्रेमसम्बन्धलाई गतसाता विवाहकाे रूप दिएकी हुन्

फिल्म क्षेत्रमा खासै जम्न नसकेकी मरिष्काले केही म्युजिक भिडियोमा पनि काम गरेकी छिन् । उनले अभिनय गरेका फिल्म असफल भए पनि लोकदोहोरी गीत ‘सालको पात टपरी हुनी’ ले भने चर्चा कमाएको थियो । यो गीतको भिडियोबाट मरिष्काले पनि चर्चा कमाएकी थिइन् ।

मरिष्काले विगत ८ वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका प्रेमीसँग बिहे गरेको जनाइएको छ । यी दुईले अस्ट्रेलियामा नै बिहे गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News