दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष १० मा




काठमाडौं, वैशाख २२
नेपाली मूलका दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष १० मा पुग्न सफल भएका छन् ।

आइडलले शीर्ष २० बाट शीर्ष ११ प्रतिस्पर्धी छनोट गरेको हो । शीर्ष १० प्रतियोगी अडियन्सको भोटमार्फत् छनोट गरिएको हो भने अर्का एक प्रतियोगीलाई निर्णायक मण्डलले छानेका हुन् ।

कोरोनाभाइरसको महामारीका कारण प्रत्येक प्रतियोगीले आफ्नै घरबाट प्रस्तुती दिँदै आएका छन् । शीर्ष १० का लागि छनोट भएपछि दिवेशले जोन डेनभरको गीत ‘कन्ट्री रोड’ गाएका थिए । यसमा उनले ‘रेगे ट्वीस्ट’ थपेका छन् ।

अर्को हप्ता शीर्ष ७ छनोट गरिनेछ । यसका लागि भोटिङ लाइन खुल्ला गरिएको छ । आर्थर गनको नामले परिचित दिवेश पोखरेललाई भोट गर्नका लागि १६ लेखेर २१५२३ मा मेसेज पठाउन सकिनेछ अथवा  अमेरिकन आइडलको अफिसियल साइटमा गएर  भोट गर्न सकिनेछ अथवा अमेरिकन आइडलको एपमार्फत् भोट गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News