नाकाबन्दीकाे एक बर्ष, यसरी भयाे मधेशी माेर्चाकाे अवशान


 


madhesi-morchaकाठमाडाैं, असाेज ६

भारतले नेपालमा नाकाबन्दी लगाएको एक वर्ष हुँदै गर्दा भारतको गोटी बन्न बाध्य मधेस केन्द्रित राजनीतिक दलहरू विभाजन हुन पुगेका छन् । असोज ३ गतेको संविधान दिवस विरुद्ध कालो दिवस मनाउने क्रममा मधेस केन्द्रित दलहरू विभाजित भएका हुन् । उनीहरूले अहिले अलग–अलग कार्यक्रम गर्न सुरू गरेका छन् ।

असोज ३ गते राजधानीमा मधेसी मोर्चामा आवद्ध सातमध्ये चार दलले माइतीघर मण्डला र तीन दलले रत्नपार्कस्थित शान्तिबाटिकामा कार्यक्रम गरेका थिए । माइतीघरमा महन्थ ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा र राजकिशोर यादवले कार्यक्रम गरे भने शान्तिबाटिकामा उपेन्द्र यादव, शरतसिंह भण्डारी र महेन्द्र राय यादवले कार्यक्रम गरेर मोर्चा विभाजन भएको औपचारिक सन्देश दिए । दुबै कार्यक्रममा शीर्ष नेताहरू उपस्थित नभए पनि उनीहरूभित्र कति बिबाद रहेछ भन्ने कुरा स्पष्ट भएको छ ।

अब उनीहरू एकीकृत भएर आन्दोलन गर्छन् वा गर्दैनन् भनेर प्रश्न चिन्ह उब्जिएको छ । भारतको इशारामा आन्दोलन गर्दै आएको आरोप खेप्दै आएको मधेसी मोर्चाको यस पटकको आन्दोलनलाई लिएर सबैले आश्चर्यका साथ हेरेका छन् ।

सरकार गठनका बेला प्रधानमन्त्री पुष्पकलम दाहाललाई मतदान गरेको मधेसी मोर्चाको कालो दिवस विरुद्धको कार्यक्रम खासै प्रभावकारी पनि हुन नकेको आरोप छ । नाकाबन्दी लगाएको ठीक एक वर्षका दौरानमा मधेसी मोर्चा आफै विभाजन हुनुमा भारतको पनि केही भूमिका हुन सक्छ । यस पटक भारतले पनि मधेसी मोर्चालाई एक राख्न नसकेको आरोप छ ।

हुन त उपेन्द्र यादव चीन नजिक भनेर भारतले आक्षेप लगाउँदै आएको छ । महतो र ठाकुर त झन् भारतकै हौँ भनेर सार्वजनिक रुपमा भन्ने गरेका छन् । मधेसी मोर्चा विभाजन भइसकेको यो अवस्थामा अब उनीहरूका माग पूरा हुने कुनै सम्भावना नरहेको एक नेताले बताएका छन् ।

अाजकाे यूनाइटेड पोष्ट साप्ताहिक लेख्छ संविधान संशोधन गरेर मोर्चाका माग पूरा गर्न एमालेले कहिल्यै मान्ने छैन । किनभने मधेसी मोर्चाका मागहरू पहिल्यै पूरा भइसकेका छन् । अंगीकृत नागरिकता, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, ठूला पदमा अंगीकृतलाई लैजाने जस्ता राष्ट्रहित विपरितका कुरामा कहिल्यै एमालेले साथ दिने छैन ।

कांग्रेस र माओवादी केन्द्रका केही नेताहरू मधेसी मोर्चा र भारतप्रति लचक भए पनि ती पार्टीहरूमा पनि राष्ट्रवादी सोँच रहेका नेताहरू छन् । उनीहरूले पनि मधेसी मोर्चाका नाजायज माग पूरा हुने दिने छैनन् । जानकारहरूका अनुसार अब मधेसी मोर्चाका यी माग कहिल्यै पूरा हुने छैनन् ।

उता, असोज ३ लाई कालो दिवस मनाइ रहँदा विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक भने आन्तरिक प्रशिक्षणमा ब्यस्त रहेको छ । तीन दिनसम्म गोदावरीमा चलेको प्रशिक्षणमा केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्