लकडाउनका कारण टिकटकमा रमाउँदै अभिनेत्रीहरु



काठमाडौं, बैशाख २५
देशभर जारी लकडाउनका कारण डेढ महिनाभन्दा लामो समयदेखि घरभित्र बस्नुपर्दा अधिकांश सेलिब्रेटीहरूले मनोरञ्जनका लागि टिकटककाे सहारा लिएकी छन्। लकडाउनका कारण आफूलाई दिक्क लागेको अभिनेत्री निरुता सिंहले बताएकी छन् । उनी अहिले मुम्बईमा छिन् । भारतमा सबैभन्दा बढी कोरोना संक्रमित महाराष्ट्रमा बढेपछि त्यहाँ लकडाउन निकै कडा गरिएको छ । त्यसैले, घरमै बस्नुपर्दा आफूले मनोरञ्जनका लागि टिकटकलाई पनि सहारा बनाएको अभिनेत्री सिंहले बताइन् ।

लामो समयदेखि चलचित्रमा अभिनय गर्न नपाएको बेला अभिनय गर्न पनि पाइने र रमाइलो पनि हुने माध्यमका रूपमा निरुताले टिकटक रोजेकी छन् । उनले बुधबार मात्र दुई वटा टिकटक भिडियो बनाएर फेसबुकमार्फत अरूलाई सेयर गरेकी छन् । उनले यो टिकटक भिडियोलाई ‘फन्नी टाइम पास’ भनेकी छन् । आफू भर्खरभर्खर टिकटकमा आउन थालेको र यो निकै रमाइलो लाग्ने गरेको पनि उनले बताइन्।

कोरोना भाइरसको संक्रमणले निम्त्याएको लकडाउनका कारण अहिले सबै कलाकार घरमा बस्न बाध्य छन् । यस्तो बेलामा अभिनेत्रीलाई समय बिताउन सजिलो माध्यम टिकटक बनेको छ । यो फुर्सदमा अभिनेत्रीले आफ्नो विभिन्न कार्यलाई दिनदिनै टिकटकमार्फत दर्शकमाझ ल्याउने अवसर पाएका छन् । अभिनेत्री निरुता मात्र हैन, अरू पनि थुप्रै अभिनेत्रीका लागि अहिले लकडाउनमा समय बिताउन टिकटक रमाइलो माध्यम बनेको छ । एक त आफूमा रहेको अभिनयलाई निरन्तर प्रस्तुत गर्न पाइने नै भयो । अर्कोतर्फ टिकटकले आफूसँग अरूलाई पनि रमाइलो दिने भएकाले आफूहरूले पनि टिकटक बनाउने गरेको यी अभिनेत्रीहरूको कथन छ ।

टिकटकमा सक्रिय अर्की अभिनेत्री केकी अधिकारी पनि हुन् । उनी पनि बेलाबेलामा टिकटकमा आफ्ना गीत, भिडियो तथा अभिनय प्रस्तुतिलाई सेयर गरिरहेकी हुन्छिन् । पछिल्लोपटक लकडाउनको २९औं दिनको अवसरमा यी अभिनेत्रीले टिकटकमा बाल्यकालको सम्झना शीर्षकमा एउटा भिडियो सेयर गरेकी छन् । त्यसपछि भने उनले टिकटकमा भिडियो सेयर गर्न भ्याएकी छैनन् । उनका ४० भन्दा बढी भिडियो टिकटकमा सेयर छन् ।

त्यस्तै नियमित टिकटक बनाउने अभिनेत्रीमा वर्षा राउत पनि पर्छिन् । उनले विभिन्न घरायसी कार्यको टिकटक बनाएर आफ्नो एकाउन्टमा सेयर गरेकी छन् । मःमः पकाएको, अन्डा उसिनेको, बारीमा साग टिपिरहेको जस्ता विभिन्न घरायसी कार्यलाई यी अभिनेत्रीले टिकटकको रूपमा ल्याएकी छन् । त्यसो त विभिन्न गीत र संवादमा आफू प्रस्तुत भएर वर्षाले त्यसलाई टिकटकको रूपमा बनाएकी छन् । टिकटकमा सक्रिय अर्की अभिनेत्री रेखा थापा पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News