भोजपुरी अभिनेत्री सम्भावना अस्पताल भर्ना




मुम्बई
भोजपुरी अभिनेत्री तथा बिगबोस– २ फेम सम्भावना सेठ अस्पताल भर्ना भएकी छन् । उनका पति अविनाश द्विवेदीले सम्भावनाको इन्स्टाग्राम अकाउन्टमार्फत यसको लानकारी दिएका हुन्।

तर अविनाशले सम्भावनालाई के भएको हो र अवस्था कस्तो भन्नबारे केही खुलाएका छैनन्। टीभी र चलचित्र क्षेत्रका व्यक्तिहरूले उनको स्वास्थ्यबारे चिन्ता व्यक्त गरेका छन्।

सम्भावना भोजपुरी फिल्म उद्योगकी चर्चित अनुहार हुन्। उनले भोजपुरी उद्योगमा धेरै आइटम नम्बर दिएकी छन्।

उनी शिल्पा शेट्टीद्वारा होस्ट गरिएको ‘बिगबोस’ सिजन– २ मा देखिएकी थिइन्। यसपछि उनी ‘बिगबोस–८’ मा च्यालेन्जरका रूपमा देखिएकी थिइन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News