दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट सातमा


 



बस्टन
नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट सातमा पुगेका छन्।  उनले आइतबार डिज्नेको ‘लिटल मर्मेड’ को ‘किस द गर्ल’ गीत गाएका थिए। 

आर्थर गन उपनामले चिनिने गायक पोखरेल अमेरिकन आइडलमा यो स्थानमा पुग्ने उनी पहिलो नेपाली हुन्।

कोभिड–१९ का कारण दुई सातादेखि अमेरिकन आइडल घर–घरबाट प्रतिस्पर्धी, जज, संगीतकर्मी, सञ्चालक, प्रशिक्षकलाई जोडेर प्रसारण गरिँदैछ। दुई सातादेखि नै प्रतिस्पर्धीलाई भोट दिन मिल्ने भएको छ।

पोखरेलको भोटिङ्ग कोड १६ रहेको छ। अमेरिकन आइडलमा एसएमएस, अमेरिकन आइडलको वेबसाइट र अमेरिकन आइडलको एप डाउनलोड गरेर भोट गर्न सकिने व्यवस्था मिलाएको छ। तीनवटा माध्यमबाट एकजनाले १० पटक गरेर ३० भोट गर्न सकिन्छ।

प्रकाशित मिति: २९ बैशाख २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्