ससुराको चुम्बनले बिहे भंग !


 


भारतीय राज्य उत्तरप्रदेशको कानपुर शहरमा ब्यान्डबाजासहित बेहुलीको घर पुगेको जन्तीले बेहुली नलिईकनै खाली हात फर्किनुप¥यो ।

बेहुलाका बाबुले बेहुलीकी आफन्त पर्ने बहिनीलाई किस गरेको झोकमा बेहुलीले बिहे भंग भएको घोषणा गरेपछि जन्तीले खाली हात लुरुलुरु फर्किनुपरेको हो ।

सुरुमा बिहेको रिवाज चलिरहेको थियो । त्यत्तिकैमा उभिरहेकी बेहुलीकी बहिनी पर्ने एकजना युवतीलाई बेहुलाका बाबुले अचानक किस गरिदिए । हुनेवाला ससुराको यस्तो हर्कत बेहुलीलाई फिटिक्कै मन परेन ।

उनले तत्काल यसको विरोध गरिन् र ‘यस्ता छिल्लिएका बाबुको सन्तानसँग कुनै पनि हालतमा बिहे गर्दिनँ’ भन्ने घोषणा गरिन् । घरकाले सम्झाइबुझाइ गरे पनि बेहुलीले ‘यो नैतिक प्रश्न हो, यसबाट म पछि हट्दिनँ’ भन्ने अडान लिइन् ।

फर्किनुपूर्व बेहुला र बेहुलाका बाबुलाई बेहुलीपट्टिकाले नियन्त्रणमा लिएका थिए । दाइजोबापत पाएको सम्पत्ति र पैसा फिर्ता गरेपछि मात्रै उनीहरूलाई मुक्त गरिएको थियो ।

प्रकाशित मिति: २१ जेष्ठ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्