अाजबाट दशैंका लागि टिकट बुकिङ खुल्दै


 


काठमाडाैं, असाेज ७

दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि आजबाट बसको टिकट वुकिङ खुल्दैछ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको समन्वयमा टिकट बुकिङ सुरु गरिएको हो । शुक्रबारदेखि लामो दूरीका बसको टिकट बुकिङ सुरु हुन लागेको हो । पोखरालगायत नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ने छ ।

टिकट बुकिङ खुलेसँगै सेवा दिन उपत्यकाका १२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वको समयमा यात्रु ठगिने सम्भावना भएकाले शुक्रबारदेखि यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगामा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती, र लगनखेलमा यात्रु सहायता कक्ष हुनेछ । बढी भाडा लिन खोजे, ब्ल्याकमा टिकट बिक्री गरे तथा अन्य कुनै समस्या भए यात्रु सहायता कक्षमा उजुरी गर्न सकिने ट्राफिक महाशाखाले जनाएको छ ।

कक्षमा ट्राफिक प्रहरीसहित यातायात व्यवस्था विभाग र यातायात व्यवसायीका प्रतिनिधिसमेत हुनेछन् । एकै समयमा धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले यो समयमा पहिले नै टिकट काट्ने प्रचलन चलिहरहेको छ । तर, अग्रिम टिकट काट्दा पनि यात्रुले बढी भाडा तिनुपर्ने समस्या निकै चर्किन्छ ।

तोकिएको भाडाभन्दा बढी अशुल्न धरै यातायात व्यवसायीहरु अग्रसर हुने भएकाले यात्रु आफैं पनि भाडाबारे जानकार हुनुपर्छ । नभए काउन्टर बाहिर भेटिने दलालहरुले तपाईंलाई ठग्न सक्छन् भने ब्ल्याकमा टिकट किन्ने चक्करमा लाग्दा ठूलो रकम खर्चनुपर्ने स्थिति आउन सक्छ ।

त्यसैले आफू जाने स्थानसम्मको भाडादरबारे पूर्व जानकारी राखेर टिकट काट्न जान यातायात व्यवस्था विभागले सबैलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्