ग्लोबल फेष्टा सम्पन्न


 


photo-2fकाठमाडौँ, असाेज ७

ग्लोबल कलेज अफ म्यानेजमेन्टमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुद्वारा आयोजित दुई दिने ग्लोबल फेष्टा सम्पन्न भएको छ । ग्लोबल कलेज अफ म्यानेजमेन्टलगायत अन्य ७१ वटा कलेजका विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको सो कार्यक्रममा हाजिरी जवाफ, नृत्य, गायन, कविता, फुटबल तथा फ्रिस्टायललगायतका विविध प्रतियोगिताहरु आयोजना गरिएको थियो ।

global-2-img_6213नेपाल टेलिभिजन, अन्नपूर्ण पोष्ट दैनिक, क्लासिक एफएम, रेडियो सिटी र क्यापिटल एफएमजस्ता मिडियाको सहकार्यमा सञ्चालित ग्लोबल फेष्टामा ग्लोबल कलेज अफ विजनेस एन्ड इकोनोमिक्स, युनिग्लोब कलेज, यम्मी क्याफे, बरुण बेभरेज लागायतका संघसंस्थाले प्रायोजन गरेका थिए । प्रतियोगितामध्ये क्वीजतर्फ टाइम्स इन्टरनेशनल कलेजले प्रथम र दोस्रो स्थान हासिल गरेका थिए भने ग्लोबल कलेज अफ म्यानेजमेन्टमा अध्ययनरत विधार्थीहरुले तेस्रो स्थान प्राप्त गरेका थिए ।

global-3-img_6136भव्य समारोहबीच शुभारम्भ गरिएको उक्त कार्यक्रममा पूर्व गर्भनर डा. तिलक रावल, ग्लोबल कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल डा. खगेन्द्र ओझा, प्रा.डा. राधेश्याम प्रधानलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. पराशरप्रसाद कोइरालाले ‘यस्ता खाले कार्यक्रमले विद्यार्थीको सर्वाङ्गिण प्रतिभाको विकास गर्ने बताए ।

global-1-img_6119ग्लोबल कलेज अफ म्यानेन्जमेन्टका बीबीएस तथा एमबीएस कार्यक्रम संयोजक तुलसीराम श्रेष्ठका अनुसार कविता प्रतियोगिताको निर्णायकमा नेपाल एकेडेमी प्राज्ञ वरिष्ठ कवि शशी लुमुम्बू, कवि जय गौडेल तथा कवि तथा समालोचक शुभासचन्द्र भण्डारी रहेका थिए ।
त्यसैगरी फुटबल फ्रिस्टायलको निर्णायकमा नेपाल राष्ट्रिय फुटबल टिमका पूर्व स्टाइकर तथा कप्तान हरि खड्का र चर्चित फुटबल स्टाइकर नवयुग श्रेष्ठ रहेका थिए ।

कार्यक्रममा हास्यकलाकार कुमार कट्ठेल ‘जिग्री ब्रो’, अजुर्न घिमिरे ‘पाँडे सोल्टी’, नायिका नम्रता श्रेष्ठ, लोकगायक कमल खत्री लगायतका लोकप्रिय कलाकारहरुले मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्