दिवेश पोखरेल अमेरिकन आइडलको टप ५ मा


 



काठमाडौं, जेठ ५
नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको टप ५ मा पुग्न सफल भएका छन् । फाइनलमा प्रवेश गर्नेहरुका लागि भोटिङ खुला गरिएको छ ।

फाइनल चरणमा सबै प्रतियोगीले दुई–दुई वटा गीत गाउनु पर्नेछ । अहिले कोरोना संक्रमणका कारण सबै प्रतियोगीहरुले घरबाटै गीत गाउने भएका छन् ।

२ घण्टाको समयमा जसले धेरै भोट पाउँछ , ऊ नै विजेता हुनेछ । टप ५ सम्मको यात्रा तय गरेसँगै आफूलाई सहयोग गर्ने सबैप्रति दिवेशले धन्यवाद दिएका छन् ।

संसारबाट आफूलाई ठूलो माया र हौसला प्राप्त भइरहेको भन्दै उनले यस्तै सहयोग आगामी दिनमा पनि गरिदिन अनुरोध पनि गरेका छन् । ‘

प्रकाशित मिति: ५ जेष्ठ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्