‘यौनशोषणका लागि प्रयोग हुन्थ्यो यस्तो ‘कोड’’


 


मुम्बइ, जेठ ५
बलिउड अभिनेत्री शर्लिन चोपडाले बलिउडमा ‘कास्टिङ काउच’ अर्थात फिल्ममा काम दिएवापत हुने हिरोइनको यौनशोषणका बारेमा ठूलो खुलासा गरेकी छिन् । उनले आफ्नो कास्टिङ काउच अनुभवबारे बताउँदै यसका लागि निश्चित कोडसमेत प्रयोग हुने खुलासा गरिन् ।

उनले आफू पनि कास्टिङ काउचको शिकार भएको खुलासा गरिन् । आफ्नो करियरको शुरुवाती दिनहरुका बारेमा बताउँदै शर्लिनले फिल्म निर्माताहरुले ‘डनर’को बाहानामा बोलाउने बताएकी छिन् । उनका अनुसार त्यतिबेला कास्टिङ काउचलाई ‘डिनर’ कोडले चिनिन्थ्यो ।

शर्लिनले निर्माताहरुले आफ्नो शोषण गर्नको लागि गरेको व्यवहार सम्झिँदै भनिन् ‘म उनीहरुलाई कामको लागि आग्रह गर्थें । उनीहरु मलाई डिनरमा भेट्ने आश्वासन दिन्थे । उनीहरु रातको ११–१२ बजेतिर डिनरको लागि बोलाउँथे ।’ केही पटक डिनरमा गएपछि ‘डिनर’को अर्थ बुझेको बताउँदै उनले भनिन् ‘पछि मैले आफू डाइटिङमा भएको र बिहान ब्रेकफास्टको लागि बोलाउन आग्रह गरेँ ।’

प्रकाशित मिति: ५ जेष्ठ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्