एमाले सचिब बिष्ट भन्छन्, ‘देश एमालेले मात्र बनाउँछ’


 


gokarna-bistकाठमाडाैं, असाेज ७

लाेकप्रिय युवा नेता एंव नेकपा एमालेका पार्टी सचिव गाेकर्ण बिष्टले देश एमालले मात्र बनाउन सक्ने बिचार व्यक्त गरेका छन् । याे देश एमालेले मात्र बनाउँन सक्छ भन्ने प्रमाणित भइसकेकाे छ, बिष्टले भने यसका लागि तपार्इ कार्यकर्ताहरूले शिर्ष नेताहरूमा रहेकाे गुटबन्दी अन्त्यका लागि खबरदारी र दबाब अावश्यक छ ।’

नेकपा एमाले भाेजपुर काठमाडाैं सम्पर्क मञ्चले शुक्रबार राजधानीकाे बाल्मिकी क्याम्पसका अायाेजना गरेकाे शुभकामना अादानप्रदान कार्यक्रममा बाेल्दै नेता बिष्टले एमालेप्रति जनताहरूकाे अाशा र विश्वास रहेकाे बताए । नेपाललार्इ एमालेले सुखी र खुसी जनता भएकाे देश बनाउन चाहेकाे समेत उनले जनाए । देशलार्इ हामी नयाँ उचाइबाट अगाडी बढाउन चाहन्छाैं, गरिबी र अभावकाे गीत मात्र गाएर देश अघि बढ्दैन् नेता बिष्टले भने ।

अहिले शिर्ष नेताहरूका कारण गुटबन्दी बढेकाे भन्दै बिष्टले असन्तुष्टि समेत पाेखे । एकताबद्द एमालेले मात्र राष्ट्रिय समृद्दिकाे सपना साकार पार्ने भन्दै उनले भने, गुटबन्दीमा रमाउँदै नेताकाे पुच्छर समाएर बैतर्नी तर्ने काम बन्द गर्न कार्यकर्ताहरूलार्इ अाग्रह गरे ।

संविधानसभाबाट जारी भएकाे संविधान ज्यादै महत्वपूर्ण रहेकेा जनाउँदै संविधान कार्यान्वयनमा उनले जाेड दिए ।  याे संविधान कार्यान्वयन भयाे भने जनताकाे विकास र समृद्दिकाे चाहना पुरा हुन्छ, नत्र अराजकता बढ्ने उनकाे भनार्इ थियाे ।

samparka-manchसंविधान कार्यान्वयन र समयमै निर्वाचन गर्नका लागि दबाव दिनुपर्ने उनले सुनाए । संविधान कार्यान्वयन गर्न एक सय ६८ बढी कानुनहरू निर्माण गर्नुछ, उनले भने संविधान कार्यान्वयन हुन नदिन थुप्रै चलखेलहरू भइराखेका छन् । संविधान कार्यान्वयन हुन नदिनु भनेकाे जनतामाथिकाे प्रहार हाे, समाजलार्इ असफल पार्ने प्रयास हाे, बिष्टले भने एमाले जनतामाथिकाे प्रहार सहेर बस्न सक्दैन्, समृद्दि चाहन्छ ।’

देशलार्इ असफल पार्ने षडयन्त्रका विरूद्द एमालेले जिम्मेवार भूमिका निर्वाह गर्ने उनकाे भनार्इ थियाे । कार्यक्रममा एमाले स्थायी समिति सदस्य मुकुन्द न्याैपाने, पाेलिटब्युराे सदस्य शेरधन रार्इ, केन्द्रिय सदस्य घनेन्द्र बस्नेतले बाेलेका थिए । कार्यक्रममा केन्द्रिय सदस्य हरिबहादुर रार्इ भाेजपुर क्षेत्र नं १ का सांसद कृपासुर शेर्पा लगायतकाे उपस्थिति थियाे । दशैं, तिहार, छठ, उभाैली लगायतका पर्वहरूकाे अवसर पारेर सम्पर्क मञ्चले कार्यक्रमकाे अायाेजना गरेकाे हाे ।

प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्