कुन-कुन दल खारेज भए ? (सूचिसहित)


 


काठमाडाैं, असाेज ७

निर्वाचन अायाेगले ११ दलको दल खारेज गरेकाे छ । आयोगले आयव्ययको वार्षिक प्रतिवेदन तथा भनाइ समेत पेस नगर्ने ११ राजनीतिक दलको दल दर्ता समेत खारेज गरेको हाे । राजनीतिक दलसम्बन्धी ऐन, २०५८ अनुसार आयोगले याे निर्णय गरेकाे जनाएकाे छ ।

निर्वाचन आयोगले आयव्ययको वार्षिक प्रतिवेदन आयोग समक्ष पेस नगर्ने ८२ दललाई रु १०० जरिवाना गर्दै आगामी दिनमा निर्धारित ढाँचा र समयभित्र प्रतिवेदन पेस गराउन सचेत गराएको छ । आयोगले रु १०० जरिवाना गरेका राजनीतिक दललाई ३५ दिनभित्र बुझाउन आयोगले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

यी हुन् खारेज भएका दल

१. नवनेपाल निर्माण पार्टी

२. जनयुनिटी कोअपरेटिभ पार्टी नेपाल

३.  तराई मधेस पहाड हिमाल एकता पार्टी

४. हरियाली नेपाल पार्टी

५. ॐ सेना पार्टी

६. नवजनवादी पार्टी

७.  नेकपा (माक्र्सवादी)

८. नेपाल प्रजातान्त्रिक युवा पार्टी

९. नेपाल जनसङ्घ पार्टी

१०. नेपाल दलित श्रमिक मोर्चा

११. नेकपा (एकीकृत)

 

प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्