प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने- ‘सिंगो नेपाल र नेपालीजन मनिषाकाे साथमा छ’


 


काठमाडौ, जेठ ८
 नेपालको नयाँ नक्सा जारी गरेको समर्थमा ट्वीट गरेपछि अभिनेत्री मनिषा कोइरालाका विषयमा विभिन्न तर्कहरु आइरहेका छन् । भारतीय मिडियाहरुले खेदो खनिरहेका बेला नेपालीहरुले उनको साथ र समर्थन रहने जनाएका छ्न् ।

उनले गरेको ट्वीटलाई लिएर नेपालीहरुले मनिषाको उच्च प्रसंशा गरेका छन् । नेपालमा मनिषाको समर्थन भइरहँदा भारतीय ट्वीटर प्रयोगकर्तादेखि सञ्चारमाध्यमले उनीविरुद्ध विरोध जनाइरहेका छन्।

साेही क्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मनिषाा कोरइरालाको साथमा भन्दै लेखेका छन् –

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएकाे नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशनकाे निर्णयका निम्ति नेपाल सरकारलाई धन्यवाद दिदैं ट्वीट् गर्नुभएकी विख्यात नायिका मनिषा काेइरालाकाे भर्त्सना गर्ने भारतीय संचार जगतकाे रवैया खेदजनक छ ।

वलिउडकी स्थापित अभिनेत्रीले आफ्नो देशकाे राजनीतिक नक्सा प्रकाशित हुँदा खुशी र हर्षका साथ वास्तवमा आफ्नाे सरकारलाई धन्यवाद दिनु शतप्रतिशत सही काम हाे ।

भारतीय संचार माध्यम दुष्प्रचार, एकाेहाेराे खेदाइ र अतिरञ्जित सम्रेषणका लागि आफै विश्वस्तरमै बदनाम छन्, यसपटक फेरि एकपटक स्वयं उदाङ्गाे भएकाे अवस्था मात्रै हाे । तिनले विनासकारी भूकम्पका बेला नेपालकाे हुर्मत लिएर गरेकाे दुष्प्रचार नेपालीहरूले अझै बिर्सन सकेकाे पाइँदैन । यसखालकाे राेइलाे प्रदर्शन नानीदेखि लागेकाे त्यस बानीकै नयाँ संस्करण मात्र हाे ।

आफ्नाे मातृभूमिकाे हक, हित र अधिकार अनि स्वाभिमानकाे पक्षमा उभिएर मनिषाजीले गरेकाे याे उल्लेखनीय सद्कर्म, राष्ट्रसेवा र देशभक्तिकाे अभिव्यक्ति हाे । भारतीय सिने क्षेत्रमा उहाँले आफ्नाे सिंगाे याेग्यता र उर्वर जीवन लगानी गरेर हासिल गरेकाे लाेकप्रियता र ख्याती सामान्य छैन ।

अहिलेकाे उहाँकाे बाेली त्यही उचाइ सुहाउँदाे, शिष्ट र सचेत छ । सिङ्गाे नेपाल र नेपालीजन मनिषाकाे साथमा छन् ।

पूर्व प्रधानमन्त्री बीपी काेइरालाकी नातिनी रहनुकाे नाताले पनि मनिषाले आफ्नाे सचेत, जागृत र राष्ट्रप्रतिकाे माया ममतालाई अटुट र अक्षुण राख्नै पर्दथ्याे ! क्या बात !
धन्यवाद ।

प्रकाशित मिति: ८ जेष्ठ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्