दसैंको टीकाको साइत पौने ९ बजे



dashainकाठमाडाैं, असाेज ८

यस वर्षको दसैंको टिकाको उत्तम साइत पौने नौ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णयक समितिले यस वर्षको टिकाको साइत असोज २५ गते ८ बजेर ४५ मिनेटमा रहेको जनाएको हो ।

समितिले आश्विन शुक्ल पक्ष प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दसैंको साइत सार्वजनिक गरेको हो । विजया दशमीको दिन विहान ८ बजेर ४५ मिनेटमा उत्तम साइत रहेको समितका अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले जानकारी दिए ।

आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट देबीको प्रसाद ग्रहणका लागि विजया दशमीको दिनभर नै उत्तम साइत भएकोले जुनसुकै बेला टीका प्रसाद ग्रहरण गर्दा पनि शुभ हुने उनले बताए । विजया दशमीका दिन विहान ८ बजेर २५ मिनेटमा देवी विसर्जनका लागि शुभ साइत रहेको अध्यक्ष गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News