चर्चित अभिनेत्री मेबिनाको दुर्घटनामा परेर कलिलै उमेरमा निधन


 



कन्नड टेलिभिजनकी चर्चित अभिनेत्री मेबिना माइकलको दुर्घटनामा परेर निधन भएको छ । २२ वर्षीया अभिनेत्रीको मंगलबार बेलुकी सडक दुर्घटनामा मृत्यु भएको हो।

लोकप्रिय टिभी रियालिटी शो ‘प्याते हुडुगिर हाल्ली लाइफ’ की बिजेता मेबिनाको दुर्घटना नागमङ्गला तालुकको देवहल्लीमा भएको थियो । उनी मंगलबार आफ्नो गृहनगर मडिकेरी गइरहेका बेला दुर्घटना भएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

मेबिना आफ्ना साथीहरुसँग घर फर्किरहेका बेला बाटोमा उनको कार एउटा ट्र्याक्टरसँग ठोक्किएको थियो । मेबिनाको मृत्युको खबरले उनको पूरा परिवारलाई ठूलो धक्का लागेको छ ।
दुर्घटनाका बेला उनीसँगै भएका उनका अन्य साथी पनि घाइते भएको बताइएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्