कोरोनाको भ्याक्सिन बजारमा ल्याउने चीनको दाबी


 



काठमाडौं, जेठ १८
कोरोना भाइरसविरुद्धको भ्याक्सिन बजारमा ल्याउन लागेको चीनले दाबी गरेको छ । चीनले भ्याक्सिन आगामी डिसेम्बरसम्म विश्व बजारमा ल्याउने दाबी गरेको हो।

चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषद्ले शनिबार सामाजिक सन्जालमा एक पोष्ट गर्दै उक्त दाबी गरेको हो ।

वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्सटिच्युट अफ वायोलोजिकल प्रोडक्ट्सले तयार पारिरहेको भ्याक्सिन यसै वर्षको अन्त्यसम्म आउने उसले जनाएको हो ।

मे महिनाको २९ तारिखमा चीनको सामाजिक सन्जाल वी च्याटमा सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषद्ले लेखेको पोष्टमा ढिलोमा अर्को वर्षको सुरुवातमा बजारमा आउन सक्ने जानकारी दिइएको छ ।

पहिलो चरणको परीक्षण सफल भएपछि हाल उक्त भ्याक्सिन २ हजार जनामा परीक्षण गरिएको जनाइएको छ । कोरोना महामारी चीनको वुहानबाट सुरू भएको थियो ।

प्रकाशित मिति: १८ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्