अक्षयले बहिनीलाई कोरोनाबाट जोगाउन चाले यस्ताे कदम


 


एजेन्सी, जेठ १८
बलिउड नायक अक्षय कुमारले आफ्नो बहिनी अल्का भाटिया र उनका बच्चालाई मुम्बईबाट दिल्ली पठाउन पूरा फ्लाइट बुक गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । सोसल मिडियामा उनको यो कदमको निकै चर्चा भइरहेको छ ।

कोरोना भाइरसको क्रममा अक्षय कुमार कुनै चुनौती मोल्न चाहँदैनथे तसर्थ उनले पूरा फ्लाइट नै बुक गरिदिए । मुम्बईबाट दिल्लीका लागि बुक गरिएको उक्त विमानमा चारजना मात्रै सवार भएको भारतीय सञ्चार माध्यम नवभारत टाइम्सले बताएको छ ।

यसमा अल्का भाटियो, उनका दुई सन्तान र उनकी सहयोगी समावेश छन् । यसअघि उनले अन्य धेरैलाइ पनि मद्दत गरिसकेका छन् । उनले बहिनीलाइ कोरोना भाइरसको संक्रमणबाट टाडा राख्नका लागि पूरा फ्लाइट नै बुक गरिदिए जनाइएको छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्