यति एयरलाइन्सकाे विमान दुर्घटना (फाेटाे फिचर हेर्नुहाेस्)


 


yeti-air1

भैरहवा, असोज ८

यती एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । विमान अवतरण गर्ने क्रममा धावन मार्गबाट चिप्लिएको हो । फ्लाइट नम्बर ८९३ यति एयरलाइन्सको विमान धावन मार्गबाट चिप्लिएर घाँसे मैदानतिर गएको र सबै यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए ।

yeti-3 yeti-4विमानमा २९ जना यात्रु रहेका थिए। जहाज बरिष्ठ क्याप्टेन डिबी शाहले उडाएका थिए । प्राविधिक समस्याका कारण जहाज दुर्घटनामा परेकाे उच्च स्राेतले जानकारी दिएकाे छ । यती एयरलाइन्स, भैहरवा एयरपोर्टले विमान सामान्य दुर्घटनामा परेको र सबै यात्रु सुरक्षित रहेको बताएको छ ।

सबै तस्बिर सञ्जिप राइकाे फेसबुकबाट

yeti-5

yeti-2

yeti-air-2

प्रकाशित मिति: ८ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्