थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १८११ पुग्यो


 


काठमाडौं, जेठ १९
सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साेमबारकाे नियमित पत्रकार सम्मेलनमा २ सय २६ जनामा संक्रमित देखिएको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ । सोमबार एकै दिन २ सय ३९ जनामा कोरोना संक्रमण भएको छ ।

सोमबार साँझ घोषणा गरिएको १३ जनामा पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना र रुपन्देहीको गैडहवाका २ जना रहेका छन् ।

प्रकाशित मिति: १९ जेष्ठ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्