कोरोना भाइरस संक्रमणबाट बलिउड संगीतकार वाजिदको निधन


 



मुम्बई
कोरोना भाइरसका कारण बलिउड सङ्गीतकार ४२ वर्षीय वाजिद खानको निधन भएको छ । पछिल्लो पुस्ताका चर्चित संगीतकार खान केही दिन यता अस्पतालमा उपचाररत थिए । मिर्गौला समस्याले पीडित खानलाई एक साताअघि कोरोना भाइरस पोजेटिभ देखिएको भारतीय मिडियाहरूले जनाएको थिए ।

उनलाई स्वास्वप्रश्वाससम्बन्धी समस्या देखिए पनि हृदयघात भएपछि भेन्टिलेटरमा राखिएको थियो । तर, बचाउन नसकेको उपचारमा सम्लग्न चिकित्सकहरूले बताएका छन् ।

उनको सोमबार दिउँसो मुम्बईको बर्सोवा मुस्लिम कब्रिस्तानमा अन्त्येष्टि गरियो । बलिउड फिल्ममा जोडी संगीतकारका रूपमा वाजिद चर्चामा थिए । अन्तिम संस्कारमा उनकी पत्नी यास्मिन, दुई सन्तान, आफन्त र संगीतकर्मीलगायत थिए ।

भारतमा कोरोना संक्रमणबाट कलाकारको निधन भएको यो पहिलो घटना हो । अभिनेता आदित्य पंचोलीसहित केही सिनेकर्मीहरूले अस्पताल पुगेर वाजिदप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

बलिउड अभिनेताहरू शाहरुख खान, अक्षय कुमार, अमिताभ बच्चन, आमिर खानलगायत धेरैले अहिलेको पुस्ताका संगीतकार वाजिद खानको निधनले बलिउड संगीतमा एउटा सितारा अस्ताएको बताएका छन् ।

उनीहरूसहित बलिउडका विभिन्न कलाकार संगीतकर्मी, राजनीतिज्ञ तथा शुभचिन्तकहरूले वाजिदप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले सन् २०११ म ‘फिल्मफेयर अवार्ड’मा उत्कृष्ट संगीतकारको अवार्ड पनि प्राप्त गरेका थिए ।

सन् १९९८ मा सलमान अभिनित चलचित्र ‘प्यार किया तो डरना क्या’बाट वाजिदले बलिउडमा संगीतको काम सुरु गरेका वाजिदले सलमान खानको पछिल्लो फिल्म दवंग–३ को सबै गीतमा संगीत भरेका थिए । उनले ‘मेरा ही जलवा, सोनी दे नखरे, माआअल्लाह, डु यु वन्ना पार्टनरलगायतका कैयौं हिट गीत बलिउडलाई दिएका छन् ।

प्रकाशित मिति: २० जेष्ठ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्