Deshko News
११ आश्विन २०८०, बिहिबार

भाेलिकाे बन्द फिर्ता



काठमाडौँ, असोज ८

पक्राउ कार्यकर्ता रिहा भएपछि नेकपा (क्रान्तिकारी माओवादी)ले आइतबार गर्ने भनेको उपत्यका बन्द फिर्ता लिएको छ । चन्दा सङ्कलन गरेको आरोपमा बुधबार प्रहरीले पक्राउ गरेका पार्टीका केन्द्रीय सदस्य शिवराम यादव, अखिल (क्रान्तिकारी)का सहसंयोजक राम नेपाली, केन्द्रीय सदस्य महेश श्रेष्ठ र दीपेन्द्र सुनुवारलाई रिहा गरेपछि बन्द फिर्ता लिइएको माओवादी उपत्यका संयोजक दिनेश शर्माले जानकारी दिए ।

सो पार्टीले पक्राउ कार्यकर्ता रिहाइको माग गर्दै आइतबार उपत्यका बन्द कार्यक्रम आयोजना गरेको थियो । पक्राउ नेता, कार्यकर्ता सिंहदरबार प्रहरी वृत्तमै शुक्रबारदेखि आमरण अनशन बसेकामा आज रिहा गरिएको हो । माओवादीका अध्यक्ष मोहन वैद्यले पक्राउ कार्यकर्तालाई आज प्रहरी वृत्तमै पुगेर जुस खुवाएर अनशन तोडाउनुभएको थियो ।

प्रकाशित मिति: ८ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News