पूर्वराष्ट्रपतिको सफल शल्यक्रिया


 


ramabaran-yadhavकाठमाडौं, असाेज ९

पूर्वराष्ट्रपति रामवरण यादवको प्रोस्टेट क्यान्सरको शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ। ‘उपचार सफल भयो,’ अमेरिकाको हेनरी फोर्ड अस्पतालस्थित भाटीकुटी युरोलोजी इन्स्टिच्युटको पाहुनाघरबाट यादवले भने, ‘नेपाली जनताको आशीर्वादले मेरो उपचार राम्रो भयो। स्वस्थ भएर म मुलुकको सेवा गर्न आउँछ।’

अस्पतालका वरिष्ठ चिकित्सक मणि मेनन नेतृत्वको टोलीले उनको उपचार गरेको थियो। शल्यक्रियापछि उनलाई अस्पतालकै पाहुनाघरमा आरामका लागि सारिएको जानकारी यादवले दिए। ‘शल्यक्रियाको २४ घन्टापछि मलाई पाहुना घरमा सारिएको हो,’ उनले भने, ‘आठ/दस दिन नियमित जाँचपछि पूरा रिपोर्ट हेरेर मलाई थप उपचारको परामर्श दिने भनिएको।’

प्रकाशित मिति: ९ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्